कोपा फुटबलको उपाधिका लागि ब्राजिल र पेरु भिड्दै

maitrinews

 

ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको उपाधिका लागि आइतबार राति आयोजक ब्राजिल र पेरु भिड्दैछन् । मार्कना फुटबल मैदानमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बाट सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली उपाधिका लागि मैदान उत्रनेछन् । दुई पटक फाइनल प्रवेश गरेर दुबै पटक उपाधि जितेको पेरु आफ्नो तेस्रो उपाधिका लागि लड्नेछ ।

यता घरेलु टोली ब्राजिल कोपा अमेरिकाको नवौं उपाधिका लागि भिड्ने छ । ब्राजिलले यसअघि आठ पटक उपाधि उचालिसकेको छ । ब्राजिल ११ पटक फाइनल पुगेर उपाधि उचाल्न सकेको थिएन । यता पेरु भने दुबै पटक फाइनलमा पुगेर उपाधि उचाल्न सफल छ ।