नेकपाको राजनीतिक प्रतिवेदन तयार

maitrinews

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को राजनीतिक प्रतिवेदन प्रतिवेदन टुंगिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आजको बैठकबाट राजनीतिक प्रतिवेदनलाई टुंग्याउनु भएको हो । ओली र प्रचण्डबीच आज भएको बार्तामा सो सहमति जुटेसँगै प्रतिवेदन प्रकाशनको लागि प्रेसमा पठाइएको नेकपा स्रोतले भन्यो । भोलीसम्मा प्रतिवेदन प्रकाशन गर्ने गरी काम भइरहेको स्रोतले बतायो ।
गत बर्षको जेठ ३ गते एकता भएपनि नेकपाको राजनीतिक प्रतिवेदन टुंगो लाग्न नसक्दा प्रकाशन भएको थिएन । प्रतिवेदनको अभावमा नेता–कार्यकर्ता नै अन्यौलमा परेपछि दुई अध्यक्षले आज अन्तिम टुंगो लगाई भोलि नै प्रकाशनमा पठाउने निर्णय लिनुभएको हो ।

‘आज बालुवाटारमा हामी दुई अध्यक्षबीचको छलफलबाट पार्टीको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि नै त्यो प्रकाशनमा जाँदैछ । आज हामीले एकतामा अडकिएको राजनीतिक प्रतिवेदन टुंगो लगाएर ठुलो काम पूरा गरेका छौं,’ प्रधानमन्त्री तथा अध्यक्ष ओली र आफबीच भएको छलफलबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले पार्टीको राजनीतिक प्रतिवेदन नहुँदा नेता–कार्यकर्ता नै अन्यौलमा पर्नु स्वभाविक भएको भन्दै अव अन्यौलता नरहेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले एकताको बाँकी अन्य काम पनि छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो ।