चार देशका लागि प्रस्तावित राजदूत सर्वसम्मतिले अनुमोदन

maitrinews

काठमाडौ  ।   सरकारद्धारा विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

सोमबार संसदीय सुनुवाई समितिको बैठकबाट विभिन्न देशका लागि प्रस्तावित चार राजदूतको नाम समितिले अनुमोदन गरेको हो ।

सुनुवाईका क्रममा अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस महेशराज दाहाललाई सांसदहरूले ग्रिनकार्ड होल्डरबारे विभिन्न प्रश्‍न गरेका थिए ।
नेकपाको सांसद योगेश भट्टराईले सार्वजनिक पदधारण गरेका व्यक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाले त्यहाको स्थाई अनुमति त्यागेको खण्डमा विचनरणीय हुन सक्ने बताउनुभयो ।

समितिले बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्र, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्वाज, असट्रलियाका लागि महेशराज दाहाल । स्पेनका लागि राजदुत दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको सममिति सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो ।समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।