भोजपुरमा गोली हानाहान हुँदा एक प्रहरी र एक विप्लव कार्यकर्ताको मृत्यु

maitrinews

भोजपुर । भोजपुर सदरमुकाममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान हुँदा एक प्रहरी र एक जना विप्लव कार्यकर्ताको ज्यान गएको छ । मृतकको नाम खुल्न नसकेको प्रदेश नम्बर एकका प्रहरी प्रमुख डिआइजी ठाकुर ज्ञवालीले बताए । घटना विहान करिव ९ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।