सफा आकाशमा एक्कासी हवाइजहाज हल्लिँदा ३५ घाइते

maitrinews

क्यानडा ।  क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन ‘टर्बुलेन्स’ मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्।

चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने अवस्थामा उडिरहेको विमान पर्दा निकै हल्लन्छ।

सो विमानमा २८४ जना सवार थिए।

टर्बुलेन्समा परेपछि सो विमान हवाइमा अवतरण गराइएको थियो।

होनोलुलुको विमानस्थलमा अवतरण गर्ने बित्तिकै स्वास्थ्य अधिकारीहरूले यात्रुको जाँच गरेका थिए।