नागरिकतासम्बन्धी प्रश्नबारे पछि हटे ट्रम्प

maitrinews

अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को अमेरिकी जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी एउटा प्रश्न थप्ने प्रयास अब नगर्ने भएका छन्।

अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकोले त्यसको सट्टा एउटा कार्यकारी आदेशमार्फत् उनले सूचना सङ्कलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन्।

ट्रम्पले भनेका छन्, “हामीले कुनै कसर बाँकी राख्नुभएन।”

जनगणनामा नागरिकतासम्बन्धी एउटा प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुन महिनामा रोकिदिएको पृष्ठभूमिमा लामो लडाइँपछि ट्रम्प पछाडि हटेका हुन्।