सिंहदरबारको पूर्वी पर्खाल भत्किँदा एक जना घाइते

maitrinews

 

काठमाडौं । लगातारको वर्षाले सिंहदरबारको पूर्वी पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एक जना घाइते भएका छन् । गए रातिदेखिको लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको हो । महानगरिय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको छ । केही समयका लागि पर्खाल भत्किँदा यातायत प्रभावित भए पनि अहिले सबै सहज रुपमा सुचारु अवस्थामा रहेको डिएसपी बुढाथोकीले बताए ।