न्युयोर्कमा नेपाली हिप हप हुने

maitrinews

 

न्युयोर्क । न्युयोर्कमा नेपाली हिप हप कार्यक्रम हुने भएको छ । द रुविन म्युजियम एनुअल ब्लक पार्टीले सो कार्यक्रम गर्न लागेको हो । यही जुलाई २१ तरिखमा हुने सो कार्यक्रममा नेपालबाट पहिलो पल्ट नेपाली युवाको हिप हप डान्स गु्रपलाई आमन्त्रण गरिएको छ ।
उक्त डान्स गु्रपले नेपालको हिमाल,पहाड र तराईको झझल्को देखाउने गरी प्रस्तुति दिने भएको छ ।
उक्त कार्यक्रममा वरिष्ठ कलाकार कविना सिंहले नेपालको अति पुरानो सांस्कृतिक नाच मञ्जुश्री प्रस्तुत गर्नुहुने भएको छ ।
त्यसैगरी अर्का कलाकार सम्राट सिंहले नेपालको सबै क्षेत्रलाई समेटेर बनाएको नाच मन मगन नृत्य प्रस्तुत गर्नुहुने छ ।
निःशुल्क भाग लिन पाउने उक्त कार्यत्रममा सहभागी भएर नेपाली कलाकारलाई हौसला बढाइदिनुपर्ने न्युयोर्कका नेपाली समुदायले बताएका छन् ।
उक्त कार्यक्रम न्युयोर्कको १५० डब्लु , १७ एसटी न्युयोर्क १००११ मा हुनेछ ।