बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता

maitrinews

 

काठमाडौं । विगत ५ दिनदेखि अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेहरुको संख्या ६५ पुगेको छ । आज बिहानको तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।
मृत्यु हुनेहरुमा ४१ पुरुष र २४ महिला छन् । विपदमा परेर आज बिहानसम्म ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ त्यसैगरी १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् ।