विश्वकप क्रिकेट : एकदिवसीय प्रतियोगितामा न्यूजील्यान्डलाई हराउँदै इङ्ग्ल्यान्ड बन्यो नयाँ विश्वविजेता

maitrinews

 

लण्डन । विश्वकप क्रिकेट २०१९ को रोमाञ्चक फाइनलमा न्यूजील्यान्डलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक विश्वविजेता बन्न सफल भएको छ।

क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा सम्पन्न खेल निर्धारित ५० ओभरमा बराबर भएको थियो।

त्यसपछिको सुपर ओभरमा खेलमा बराबरी भए पनि धेरै बाउन्ड्रीका आधारमा इङ्ग्ल्यान्ड विश्वविजेता बन्न सफल भयो।

यो इङ्ग्ल्यान्डको पहिलो विश्वकप उपाधि हो।

एकदिवसीय क्रिकेट प्रतियोगितामा २३ वर्षपछि नयाँ विश्वविजेताका रूपमा इङ्ग्ल्यान्ड उदाउन सफल भएको हो।

प्रतियोगिताको अन्तिम खेलमा टस जितेको न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।