रौतहटको डुबान प्रभावित क्षेत्रमा सर्पको बिगबिगी

maitrinews

 

रौतहट । लगातारको वर्षा पछि डुबानले सदरमुकाम गौर लगायतका क्षेत्रमा सर्पको बिगबिगी भएको छ । बासस्थान पानीले भरिए पछि सर्प बाहिर निस्केका हुन् । सर्पले डसेर आइतबार राति एकजनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले सर्पबाट जोगिन आग्रह गरेको छ ।
जिल्लाको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साह बाढीसँगै आएको विषालु सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताए। ‘डुबान क्षेत्रमा अहिलेसम्म २० जना भन्दा बढीलाई सर्पले डसेको छ,’ उनलेभने, ‘डुबान र बाढीले बगाएर ल्याएको विषालु सर्पले डस्ने गरेको छ। यसबाट सजग हुन भनेका छौं।’

पानी भित्र हिड्ने हुनाले मानिसले सर्प देख्दैनन्। सर्पले डसेर बिरामी परेका १५ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। दुलोमा पानी भरिए पछि सर्प बाहिर निस्केको हो। वर्षा पछि जिल्लाभरी डुबानको समस्या छ।