गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा स्वागत कार्यक्रम

maitrinews

 

न्युयोर्क । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका शाखाले न्युयोर्कमा स्वागत तथा भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा काँग्रेस नेता सञ्जय गौतम हुनुहुन्थ्यो । उहाँलाई फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाइदिएर स्वागत तथा सम्मान गर्नुभएको थियो ।
प्रमुख अतिथि गौतमले काँग्रेसका आदरणीय नेताहरु बीपी कोइराला, सुवर्णशमशेर राणा,गिरिजाप्रसाद कोइराला,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला,महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ, शैलजा आचार्यको तस्विर अनावरण गर्दै कार्यक्रम सुरु गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि पूर्वसांसद डा. शोभाकर पराजुली हुनुहुन्थ्यो । अन्य आमन्त्रित अतिथिहरुमा अधिवक्ता शैलेन्द्र दाहाल, फाउन्डेसनका कानुनी सल्लाहकार गिरिजा गौतम,शिखर पण्डित, काँग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटा सहभागी हुनुभएको थियो ।
कार्यत्रममा शैलेन्द्र दाहाल, शिखर पण्डित, गिरिजा गौतम,डा. गोविन्द कोइराला,बाबुकृष्ण सापकोटा,सूर्य लम्सालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । डा. गोविन्द कोइरालाले गिरिजाप्रसाद कोइरालाको सम्झनामा कविता वाचन गर्नुभएको थियो ।
कार्यत्रममा नेता पराजुलीले फाउन्डेसनलाई विभिन्न ४० थान पुस्तक प्रदान गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले नेपालको विदेशी मुलुकहरुसँग राम्रो सम्बन्ध बनाउन फाउन्डेसनले पुलको काम गर्ने बताउँदै नेपालमा स्वास्थ्य,शिक्षा र पर्यटनको विकासका लागि फाउन्डेसनले काम गरिरहेको बताउनुभयो ।