आर्थिक वर्ष सकिएको एक वर्ष वित्दा पनि २७ बीमा कम्पनीले गरेनन् साधारणसभा

maitrinews

 

काठमाडौं। आर्थिक वर्ष सकिएको एक वर्ष वितिसक्दा पनि २८ बीमा कम्पनीले वार्षिक साधारणसभा गरेका छैनन्। गत आर्थिक वर्षदेखि लागु भएको नेपाल वित्तीय प्रतिमान ुएनएफआरएसु को बहाना देखाउँदै बीमा कम्पानीले साधारणभा नगरेका हुन्।
कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्छ। यदि छ महिनापछि साधारणसभा गरेमा हर्जाना तिर्नुपर्ने हुन्छ। नियामकीय निकाय बीमा समितिले आर्थिक वर्ष सकिएको एक वर्ष वितिसक्दा पनि कुनै कारबाही गरेको छैन।

हाल १९ वटा जीवन बीमा कम्पनी २० वटा निर्जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी रहेका छन्। ४० वटा कम्पनीमध्ये १३ वटा कम्पनीले मात्रै साधारणसभा गरेका छन्।

दोस्रो बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनले मात्रै साधारणसभा गरेका छन्। नयाँ अनुमति पाएकामध्ये प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै साधारणसभा गरेका हुन्।

निर्जीवन बीमा कम्पनी तर्फ सगरमाथा इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले मात्रै साधारणसभा गरेका छन्। एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले साधारणसभा सम्पन्न गरिसकेको छ।

दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले नियम अनुसार साधारणसभा नगर्ने कम्पनीका शेयरधनीहरुले मार्जिन कारोबारको सुविधा पाउन सक्दैन्।

त्यस्तै नेप्सेको ुकु वर्गको कम्पनीमा पर्नका लागि पनि नियम अनुसार साधारणसभा गर्नु पर्ने हुन्छ। दोस्रो बजारमा नियमित कारोबार हुने तथा राम्रो लाभांस दिने कम्पनीले समयमा साधारणसभा नगर्दा ुकु वर्गमा पर्न सक्दैनन्।

नयाँ सञ्चालनमा आएका कम्पनी मध्ये प्रभु लाइफ, महालक्ष्मी लाइफ, अजोड इन्स्योरेन्स र सानिमा जनरलले मात्रै साधारणसभा गरेका छन्। महालक्ष्मी बाहेक सम्पुर्ण जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको साधारणसभा गरे पछि प्राथमिक शेयर निष्काशन गर्न पाउने छन्।