मेंहन्दी र हरियो चुरा

 

काठमाडौं । साउन महिनामा हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन रहिआएको छ। महिलाहरु प्राय मेंहन्दी र हरियो पहिरनमा सजिने गर्छन्। साउनको समयमा हरियो चुरा पोतेको व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन्।

सडक पेटीदेखि ठूला मलहरुमा समेत मेंहन्दी लगाउनेको भिड साउन महिना भरी हुने गर्छ। साउनमा हरियो चुरा र मेंहन्दी लगाउनुको खासै धार्मिक कारण नभए पनि यो फेसन बनिसकेको छ।
मेंहन्दीको रंगलाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ।