पाकिस्तानका पूर्वपाकिस्तानी प्रधानमन्त्री अब्बासी भ्रष्टाचारको आरोपमा गिरफ्तार

 

इस्लामावाद । पाकिस्तानका अधिकारीहरूले भूतपूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेका छन्।
पदीय दायित्वबारे निगरानी राख्ने त्यहाँको निकाय न्याश्नल अकाउन्टेबिलिटी ब्यूरोले यसअघि प्रमुख विपक्षी दल पीएमएल(एनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो।

उनको सरकारले गरेको एलपीजी ग्याससम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो।

अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउने गरेका छन्।

अघिल्लो महिना पाकिस्तानका भूतपूर्व राष्ट्रपति र पाकिस्तान पीपल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई नक्कली ब्याङ्क खातासम्बन्धी आरोपलाई लिएर गिरफ्तार गरिएको थियो।

विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको बताउने गरेका छन्।