बाजुरामा जीप दुर्घटना: २ को मृत्यु , १२ घाइते

 

काठमाडौ । बाजुरामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको जीप जगन्नाथ गाउपालिका–५ भुँका खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक र एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका अनुसार घाइते हुनेमा ८ जना मुगुका, १ जना बाजुराको स्वामीकार्तिक गाउँपालिकाका र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । एक जना भने सामान्य घाइते भएका छन् ।