बाढीपहिरोबाट नेपालसमेत तीन देशका ९३ बालबालिकाको मृत्यु, ५० लाख प्रभावित

 

काठमाडौं । संयुक्त राष्ट्र संघीय बालकोष ९युनिसेफ०ले हालैको बाढी र पहिरोका कारण नेपालसहित दक्षिण एसियाका तीन मुलुकमा ९३ जना बालबालिकाले ज्यान गुमाउनुपरेको जनाएको छ । युनिसेफले न्यूयोर्क र काठमाडौंबाट जारी गरेको संयुक्त वक्तव्यमा नेपाल, भारत र बंगलादेशमा अझै लाखौंको संख्यामा बालबालिका जोखिममा रहेको समेत जनाइएको छ ।

युनिसेफले यस खालको समस्याबाट अहिले तीनवटा देशका १ करोड २० लाख मानिस प्रभावित भएको र त्यसमा ५० लाख बालबालिका भएको उल्लेख छ ।
लाखौं बालबालिकाहरुको जनजीवन वर्षा, बाढी र पहिरोले अप्ठेरोमा परेको जनाउँदै युनिसेफका क्षेत्रीय निर्देशक जीन गौफले वर्षा निरन्तर हुँदा यो अवस्था अझ बढ्ने क्रममा रहेको समेत जनाएकी छन् ।

युनिसेफले यो मामिलालाई तत्कालै सम्बोधन गर्न स्थानीय अधिकारीहरुसँग मिलेर काम गरिरहेको र बालबालिकाहरुलाई सुरक्षित स्थानमा राख्ने सुनिश्चितता खोजिरहेको तथा आवश्यक सहयोग गरिरहेको जनाएकी छन् । यद्यपि अझै कतिपय क्षेत्र सडक, पुल र रेलमार्गको पहुँचमा नरहेका कारण उनीहरुलाई सफा पिउने पानी, रोग फैलिन नदिन आवश्यक व्यवस्था, खाद्यान्न वितरण र बालबालिकाका लागि सुरक्षित रुपमा पुनस्र्थापित गर्ने स्थानपनि नरहेको जनाएको छ ।

उचित संयोजनका साथ युनिसेफले सम्बद्ध सबै सरकारसँग आवश्यक संयोजन गरी बालबालिका र तिनका परिवारलाई तत्काल मानवीय सहयोगको लागि पहल भइरहको युनिसेफले उल्लेख गरेको छ ।

नेपालमा लगभग ६८ हजार ६६६ मानिस अस्थायी रुपमा विस्थापित भएको त्यसमा २८ हजार ७०२ बालबालिका पनि परेको युनिसेफले जनाएको छ । जम्मा ८८ मानिस मारिएको ९गृह मन्त्रालयले भने हिजै ९० जना मारिएको जनाएको०, त्यसमा ४७ जना बालबालिका ९१५ जना बालिका र ३२ जना बालक०को मृत्यु भएको जनाइएको छ ।

३१ जना मानिस अझै बेपत्ता रहेको, ४१ जना घाइते भएको नेपाल सरकारको तथ्यांकमा जनाइएको युनिसेफले जनाएको छ । करिब १२ हजार परिवारका मान्छे मध्य र पूर्वी नेपालबाट अस्थायी रुपमा विस्थापित भएको युनिसेफले जनाएको छ ।

यद्यपि विस्थापित मध्येका धेरै मानिस अहिले पानी पर्न छोडेपछि आफ्नो घरमा फर्किन थालेको युनिसेफले जनाएको छ । बंगलादेशमा ७ लाख ५१० बालबालिका बाढीबाट प्रभावित भएको समेत युनिसेफले जनाएको छ । यस्तै भारतमा ४।३ मिलियन बालबालिका बाढीबाट प्रभावित भएको युनिसेफको भनाइ रहेको छ ।

युनिसेफका क्षेत्रीय प्रमुखले वक्तव्यमा मौसमका कारण सिर्जना भएको अवस्थाको बारेमा आफूहरुले हेरिरहेको र मौसम पूर्वानुमान गर्नै नसक्ने अवस्थामा रहेको जनाएकी छन् । यसबाट बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको युनिसेफले जनाएको छ ।

यो अवस्थाका कारण बालबालिकालाई विभिन्न चोटपटक लाग्नुका साथै झाडापखाला र अन्य रोगहरुको प्रकोप बढ्ने सम्भावनाका अतिरिक्त बालबालिकालाई विद्यालय जानपनि अप्ठेरो परिरहेको युनिसेफले उल्लेख गरेको छ । पूर्वाधारहरु भत्किएको र बस्नकै लागि समेत बालबालिकालाई समस्या परेको युनिसेफको भनाइ छ ।