अयोध्यामा बुद्ध मन्दिर थियो, राम मन्दिर र मस्जिद थिएन : अठाव

maitrinews

 

अयोध्या । भारतका कन्द्रीय मन्त्री रामदास अठावले अयोध्यामा हिन्दुको राम मन्दिर र मुसलमानको मस्जिद नभई बुद्धको मूर्ति र बुद्ध मन्दिर भएको दावी गर्नुभएको छ ।
राजस्थानको एक कार्यक्रममा बोल्दै सामाजिक न्याय एवं अधिकारितामन्त्री अठावले अयोध्याको विवादास्पद स्थानमा उत्खनन् गर्ने हो भने बुद्धको मूर्ति र बुद्ध मन्दिरको अवशेष फेला पर्ने बताउनु भएको जनसत्ता अनलाइनले जनाएको छ ।
उहाँले भन्नुभयो, पहिले त्यहाँ बुद्ध मन्दिर र बुद्ध मूर्ति थियो । हिन्दुहरुले बुद्ध मन्दिर भत्काएर राम मन्दिर बनाए । पछि मुसलमानले राममन्दिर भत्काएर मस्जिद बनाए ।
अयोध्याको राम मन्दिर र बाबरी मस्जिद विवादको अहिलेसम्म टुंगाो लागेकोे छैन ।
मन्त्री अठावले विवादको टुंगो लगाउन त्यहाँको सर्वोच्च अदालतलाई सुझाव दिँदै भन्नुभयो, विवादमा रहेको ६६ एकड जमिनमध्ये हिन्दुहरुलाई राममन्दिर बनाउन ४० देखि ५० एकड र मुसलमानहरुलाई मस्जिद बनाउन २० देखि २५ एकड जमिन दिनुपर्छ । यसो गरियो भने यो विवाद टुंगो लाग्न सक्छ ।