नेकपाले ६ महानगरसहित ७७ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्यो

maitrinews

 

काठमाडौँ । सत्तारुढ नेकपाले ६ महानगरपालिकासहित सबै जिल्ला कमिटीका इन्चार्ज र सह(इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह(इन्चार्जको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले जिल्ला कमिटी सरह नै मान्यता प्राप्त ६ महानगरपालिकाका इन्चार्ज र सह(इन्चार्ज टुंगो लगाएको छ ।

दुइटा साविक पार्टीका इन्चार्जहरु मध्ये एकलाई नै अहिले इन्चार्ज र सहइन्चार्ज तोकिएको उनले प्रस्ट पारे।

आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन। विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनस् सचिवालय बैठक बोलाइएको उनले बताए।