तातो हावाका कारण अमेरिकामा ६ को मृत्यु

maitrinews

अमेरिका  ।  बढ्दो गर्मीका कारण अमेरिकामा चलेको तातो हावाले ६ जनाको मृत्यु भएको छ।

पूर्वी राज्य मेरील्याण्डमा चार जना, पश्चिमी राज्य एरिजोना र मध्य क्षेत्रको राज्य अर्कान्सासमा एक÷एक जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अमेरिकी फुटबल खेलाडी पनि छन् । फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार राति पसलबाट बाहिर निस्कँदा मृत्यु भएको अधिकारीले बताएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको थियो । बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ ।

अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रमहरु स्थगित भएका छन् ।