भारतद्वारा चन्द्रायन २ चन्द्रमामा पठायो

maitrinews

नयाँदिल्ली । भारतले १० अर्ब भारतीय रुपैयाँको लागतमा तयार पारेको चन्द्रयान २ बैज्ञानिक खोजको लागि चन्द्रमा पठाएको छ । सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा भारतले चन्द्रयान २ को लन्च गरेको हो । यसको लागत ९७८ करोड रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको महत्वाकांक्षी मिशन चन्द्रयान(२ लाई एकदमै चुनौतीपूर्ण लक्ष्यमा पठाउनु पर्ने भएकोले पनि भारतीय बैज्ञानिकहरु यसबारेमा धेरै चिन्तित छन् । श्रीहरिकोटाका सतीश धवन अन्तरिक्ष केन्द्रबाट लन्चिङ्ग भएपछि मिशनलाई चन्द्रमासम्म पुग्नको लागि ४० दिनभन्दा धेरै समय लाग्नेछ । यस मिशनको सबैभन्दा तनावपूर्ण क्षण चन्द्रमामा ल्याण्डिङ भन्दा पहिलेको १५ मिनेटको हो । भारतीय अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के सिवनले ल्याण्डिङ्गको अन्तिम १५ मिनेट एकदमै चुनौतीपूर्ण मानिन्छ । किनकी यस्तो ल्याण्डिङको अहिलेसम्म भारतसँग छैन । १५ जुलाईमा क्रायोजेनिक इन्जिनमा लीकेजभएपछि चन्द्रयान(२ को लन्चिङ अन्तिम क्षणमा टरेको थियो ।

सिवनले भने, ुचन्द्रमाको सतहबाट ३० किलोमीटर टाढा चन्द्रयान(२ को ल्याण्डिङ्गका लागि यसको स्पीड कम गरिन्छ । यसलाई चन्द्रमाको सतहमा उतार्नको लागि केही मुस्किल देखिन्छ ।ु यस अघि पनि इजरायलको यस्तै मिसन चन्द्रमामा उतार्न नसकेर असफल भएको थियो । अहिलेसम्म ३ देशले मात्रै चन्द्रमामा यस्तो मिसन सफल गराएका छन् । भारतले यसमा सफलता प्राप्त गरेको खण्डमा भारत यसमा चौथो राष्ट्र बन्नेछ ।

यो चुनौतीपूर्ण समय केवल १५ मिनेटको हुन्छ । यो १५ मिनेटको चुनौती पूरा गर्न सफल भएको खण्डमा अमेरिका, रूस र चीनको साथ साथ नै भारत चन्द्रमामा सफल अवतरण गराउने पहिलो मुलुक बन्नेछ ।

चन्द्रमाको सतह छुनु पहिले के हुन्छ रु

पृथ्वी र चन्द्रमाबीचको दूरी लगभग ३ लाख ८४ हजार किलोमिटर छ । चन्द्रयान(२ मा ल्याण्डर ( विक्रम र रोवर(प्रज्ञान चन्द्रमासम्म जानेछ । चन्द्रमाको सतहमा उत्रिनुभन्दा ४ दिन पहिले रोवर ुविक्रमु ले आफू उत्रिने ठाउँको निरीक्षण गर्न सुरु गर्नेछ । ल्याण्डर यानबाट त्यो त्यसपछि डिबूस्ट हुनेछ । ुविक्रमु सतहको नजिक पुगेपछि आफू ल्याण्डिङ हुने ठाउँको स्यानिङ सुरु हुनेछ । ल्याण्डिङ पछि ल्याण्डर ९विक्रम० को ढोका खुल्नेछ र त्यहाँ रोवर ९प्रज्ञान० लाई रिलिज गरिन्छ । रोबर निस्कनको लागि झण्डै ४ घण्टाको समय लाग्नेछ । फेरि यो वैज्ञानिक परीक्षणको लागि चन्द्रमाको सतहमा जानेछ । यसको १५ मिनेटपछि मात्रै इसरोलाई ल्याण्डिङ्गको तस्वीर प्राप्त हुन थाल्छ ।