धेरै हतियार राख्ने मानिस

maitrinews

 

अमेरिका । अमेरिकी नागरिक मेल बर्नस्टेनलाई विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिका रुपमा चिनिन्छन् । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी ‘वान म्यान आर्मी’का नामले पनि चिनिन्छन् । बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिनगन, पेस्तोल लगायतका हतियार छन् । हतियार भण्डारसँगै उनीसँग ६ वटा सुटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् । उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो सङ्ख्यामा हतियार बिक्री भएको खुलासा गरेका छन् । एक प्रतिवेदन अनुसार अमेरिकाको ३ प्रतिशत मानिससँग मात्रै २६ करोडवटा बन्दुक छन् ।