संसदको अवरोध हटाउने सहमति

 

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको पहलमा सिंहदरबारमा बुधबार बसेको बैठकले संसद बैठक सञ्चालन गर्ने सहमती गरेको छ ।

सहमतिअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबानलगायतका बारेमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुरु गर्ने तय भएको छ । छलफलमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी र सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए ।