सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

maitrinews

अस्ट्रेलिया ।  अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो ।

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शुक्रबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिडेको थियो ।
दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।