संसदमा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी

maitrinews

काठमाडौँ ।  सोमबारको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका छन् ।

सभामुख कृष्ण महराले बैठकको कार्यसूची अगाडि बढाउने बताएसँगै कांग्रेस र राजपाका सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी सुरु गरेका थिए।

उनीहरुले सर्लाही घटनामा संसदीय समिति गठन हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।

सभामुख महराले सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी गरिरहे पनि संसदको कारबाही स्थगित गरेका छैनन्। उनले संसद अवरुद्ध नगर्न र छलफलमा भाग लिन आग्रह गरिरहेका छन्।