सबै मन्त्रीका वार्षिक कार्ययोजना सुन्दै प्रधानमन्त्री

maitrinews

 

काठमाडौँ । सरकारका मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना वार्षिक कार्ययोजना सुनाउने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष मन्त्रालयगत वार्षिक कार्ययोजना पेस गरिरहेका छन्।

सकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा २४ वटै मन्त्रालयले आर्थिक वर्ष २०७६र०७७ का लागि कार्ययोजना तयार गरेका छन्।

सरकारको काममा सुस्तता आएको जनगुनासो बढेको भन्दै असार अन्तिम साता भएको मन्त्रालयहरूको समीक्षा बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कामको रफ्तार बढाउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए। सोही बैठकमा उनले आगामी वर्षको कार्ययोजना बनाएर ल्याउन पनि भनेका थिए