पदभार ग्रहणपछि यस्तो आयो नवनियुक्त पर्यटन मन्त्री भट्टराईको प्रतिक्रिया

Mohan Bastola

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हाँसिल गर्ने गरी आफू अघि बढ्ने बताउनु भएको छ । मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
त्यसैगरी उहाँले नेपाल एयरलाईन्सको शाखलाई माथि उठाउन भूमिका खेल्ने पनि बताउनुभयो । ‘म कति नम्बरको मन्त्री परेँ थाहा छैन (भित्तातिर फर्किएर) तर, उहाँहरु सबै मेरो अग्रज हुनुहुन्छ म सबैको सल्लाह लिएर अघि बढ्छ,’ उहाँले भन्नुभयो, ‘रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा यहाँ आउँदा हिनताबोध होइन मलाई गौरव लागेको छ । उहाँले अघि बढाएका कामलाई उचाईमा पुर्याउँछु ।’ त्यसैगरी उहाँले सञ्चार जगतसँग नभाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘हामी उहाँहरुसँगसँगै हुने छौँ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युको विश्वासलाई कमजोर हुन दिने छैन । म यहाँ काम लगाउनका लागि आएको होइन सिक्नका लागि आएको हुँ ।’

उहाँले खादा–माला अहिले होइन यो मन्त्रालय छाडेर जाँदा लगाउदाँ आफूलाई सफल ठान्ने पनि बताउनुभयो । उहााले पदभार ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका नेता र मतदातालाई पनि धन्यवाद दिनुभयो
उहाँले मन्त्रालयभित्र आइसियो–गइसियो होइन तपाईँको भाषा बोल्न पनि आग्रह गर्नुभयो ।