एनसेल तथा नेपाल टेलिकमका टावरमा आगजनी र तोडफोड

maitrinews

 

काठमाडौँ । देशभर एक दर्जन बढी एनसेल तथा नेपाल टेलिकमका टावरमा आगजनी र तोडफोड भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी ९पूर्व०, सिन्धुपाल्चोक, डडेल्धुरा, पर्वत, म्याग्दी, बाग्लुङ र बाँकेका विभिन्न टावरमा विस्फोट तथा आगजनी भएको हो।

विस्फोट तथा आगजनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सक्ने अनुमान प्रहरीको छ। नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेपछि पार्टीले बुधबार बन्दको घोषणा गरेको थियो। बन्द सकिएको राति देशभर आगजनी र तोडफोडका घटना भएका छन्।

आगजनी र तोडफोड घटना एनसेल टावरमा बढी भएका छन्।

विप्लव समूहले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालयमा विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो। त्यसयता एनसेल टावरलाई लक्षित गरी विप्लव समूहले गतिविधि बढाएको छ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशभरिका २० ठाउँका २३ वटा टावरहरूमा आगजनी र तोडफोड भएका छन्। प्रहरीले अर्घाखाँचीबाट विप्लव समूहका एक जनालाई पक्राउ गरेको छ।

कहाँ(कहाँ आक्रमणरु

अर्घाखाँचीस् प्राणेनी गाउँपालिका(५ अमजास्थित एनटिसीको टावरको मेसिनमा राति साढे ११ बजे आगलागी गराइएको छ। मूल गेटको ताला लगाउने कुन्डी भाँचेर टावरको एक वटा पिएचपी र्‍याकमा आगो लगाइएको हो। र्‍याकभित्र रहेको सामान जलेर नष्ट भएको र त्यहाँ मट्टितेलको गन्ध आएको प्रहरीले जनाएको छ।

धादिङस् धादिङको धुनिवेशी नगरपालिका(४ देवीस्थानको एनसेल टावरमा बिहीबार बिहान साढे ५ बजे तोडफोड गरिएको छ। तोडफोडबाट जेनेरेटर, ब्याट्री र तारहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

धादिङको सिद्धलेख गाउँपालिका(६ एनसेल टावरमा बुधबार राति साढे ११ बजे आगजनी र तोडफोड गरिएको छ।

कपिलवस्तुस् बुद्धभूमि नगरपालिका(८ मननगराको एनसेल टावरमा जुटको बोरामा आगो सल्काएर केही व्यक्तिहरू फरार भएका थिए। बुधबार राति साढे ११ बजे टावरमा आगो लगाइएको प्रहरीले जनाएको छ।

झापास् झापाको अर्जुनधारा नगरपालिका(१० कालिकास्थानको एनसेल टावरमा जुटको बोराको पुल्ठो बनाएर आगो लगाइएको छ। मध्यराति टावरमा आगो लागेपछि प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको थियो। आगलागीबाट टावरको फिडरमा क्षति पुगेको छ।

रुपन्देहीस् रुपन्देहीको गैडहवा गाउँपालिका(२ सानो धुपहीको एनसेल टावरमा मध्यराति आगजनी गरिएको छ। आगजनीबाट केवल तारको कभर नष्ट भएको छ। टावरको वरिपरि लगाइएको घेराको जाली काटेर भित्र छिरी आगो लगाइएको प्रहरीको भनाइ छ।

कैलालीस् धनगढी उपमहानगरपालिका(६ को एनसेल टावरमा मध्यराति नै आगजनी गरिएको छ। आगजनीबाट जेनेरेटर र कन्ट्रोल बक्समा क्षति पुगेको प्रहरीले जनाएको छ। कैलालीकै गोदावरी नगरपालिका(९ बल्मीको एनसेल टावरमा आगजनी गरिएको छ। बिहान २ बजे गराइएको आगलागीबाट टावरको मुख्य तार जलेर क्षति भएको छ। त्यहाँ नेटवर्क अवरूद्ध बनेको छ।

नवलपरासी ९पूर्व०स् कावासोती नगरपालिका(८ मगरकोटको एनसेल टावरमा बुधबार राति साढे ११ बजे आगजनी गरिएको छ। आगजनीबाट जेनेरेटर जलेर नष्ट भएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट तीन किलोमिटर मात्र दक्षिण पर्छ।

सिन्धुपाल्चोकस् मेलम्ची नगरपालिका(१ भोटेचौरको एनसेल टावरमा आगो लगाइएको छ। बुधबार राति साढे ११ बजे सिलिण्डरमाथि टायर बालेर आगो लगाइएको प्रहरीले जनाएको छ। सिलिण्डर नपड्केका कारण क्षति कम भएको प्रहरीले जनायो।

डडेल्धुरास् बुधबार राति ११स्४५ बजे डडेल्धुराको आलिताल गाउँपालिका(२ काफलीको एनसेल टावरमा आगजनी गरिएको छ। टावरमा आगो लागेपछि नेटवर्क अवरूद्ध भएकाले खटिएको प्रहरी टोलीसँग सम्पर्क नभएको प्रहरीले जनाएको छ।

पर्वतस् मध्यराति पर्वतको राती मोदी गाउँपालिका(६ तिलाहरमा रहेको एनसेल टावरमा आगजनी भएको छ। आगजनीबाट जेनेरेटर, ब्याकअप र तार जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

म्याग्दीस् बेनी नगरपालिका(२ ज्यामरुक कोट क्षेत्रमा रहेको एनसेल टावरमा आगजनी भएको छ। राति साढे १० बजे गराइएको आगजनीका कारण त्यहाँको सञ्चार सम्पर्कविच्छेद भएको प्रहरीले जनाएको छ।

बाग्लुङस् मध्यरातमा राति निसिखोला गाउँपालिका(७ को राजकुटमा रहेको एनसेल टावरमा आगजनी भएको छ। आगलागीबाट टावरमा सामान्य क्षति पुगेको छ।

बाँकेस् नेपालगञ्ज उपमहानगरपालिका(निहामुदपुरमा रहेको एनसेल टावरमा आगजनी गरिएको छ। आगजनीले बिटिएस क्याबिनेट केबलका तार जलेका छन्। आगजनीबाट टावरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।