उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक

maitrinews

 

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे सर्वदलीय बैठक गरेको छ ।
बिहीबार बिहान साढे ११ बजे आयोगको कार्यालयमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व भएका १८ दललाई बोलाएर छलफल गरेको हो ।

निर्वाचनको प्रकिया र मिति तोक्ने विषयमा दलहरुलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था अनुसार आयोगले छलफल सुरु गरेको हो ।