टाटा मोटर्स कार्निभलको शुभारम्भ

maitrinews

 

काठमाडौं । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिई अगस्ट १ विहान ११ बजे देखि बेलुका ७ बजे सम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाडौंमा आयोजना सुरु गरेको छ ।
नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालकालागि टाटा मोटर्स को एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि हो । यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसको छैठँौ संसकरण सम्म आयोजना गरिसकेको छ । टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने एक्स्पोबाट टाटा मोटर्स ले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ । बिशेष गरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडि हेर्न र किन्नका लागि यो कार्यक्रमको बिशेष प्रतिक्षा रहन्छ, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भइ लाभ लिन्छन् ।
यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । उक्त कार्यक्रममा धेरै कुराहरुको लाभ लिन सकिने समेत आयोजक ले बताएको छ ।
यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताउनु भयो । यो कार्यक्रम मार्फत १५०० देखि २००० ग्राहक आगमनको अपेक्षा रहेको उहाँले बताउनु भयो ।
यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दाआकर्ष छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रा.लिका सि.इ.ओ राजनबाबु श्रेष्ठ बताउनु हुन्छ ।
लक्की ड्रबाट बुकिङ्गगर्दाको अफरहरु निम्नछन् ः–
ड्ड एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण ÷एप्पलको सेट ÷ ३ लाखसम्मको नगद छुट
ड्ड १ लाखसम्मको लोएल्टी बोनश
ड्ड एक वर्षसम्मको लागि रोड टयाक्समा छुट
ड्ड डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण
ड्ड बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार,
ड्ड परिक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन ।
ड्ड पूरानो सवारी मूल्यांकनमाएक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास,
ड्ड प्रत्येक टेष्ट ड्राईभमा २जनालाई फिल्मको टिकट
ड्ड प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु
टाटा मोटर्सका बारे
टाटा मोटर्स (वार्षिक) ४४अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनीहो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामाप्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइलकम्पनीहो र ११०अर्व डलरको कारोवार रहेको छ टाटा गु्रपको। १३४ सहायककम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापितज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्र्तगतउत्पादन हुन्छ । अनियसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ । कम्पनीको भारतमा फियाटसँग संयुक्तऔद्योगिक भेन्चर– लगानीपनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीयवजारमा नेतृत्वदायीभूमिकामा छ । ब्राण्डको मुलमन्त्र नै ऋयललभअतष्लन ब्कउष्चबतष्यलक रहेको यस कम्पनीले आफ्नाकार्यहरु ग्राहक र बजारको मागमा केन्द्रित रहि नौलो र दिगो प्रविधी को विकास गर्दै आएको छ । पेसेञ्जर गाडीको विक्रीमापनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् । कम्पनीले दिगो र उपयुक्तखालको अटोमोवाइलप्रविधिको आविष्कारमा ध्यानदिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा बिक्री वितरण भइरहेको छ ।