ओयाद्वारा नेपालका लागि नयाँ कन्ट्री हेड नियुक्त – विक्की योल्मोले नेपालका ओयो होटलहरुलाई नेतृत्व गर्ने

maitrinews

— काठमाडौं, पोखरा, भक्तपुर, धुलिखेल, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढी लगायत २१ वटा शहरमा ३३० भन्दा बढि होटल र ५५०० भन्दा बढि कोठाहरु रहेको ओयो होटल एण्ड होमस्ले नेपालका लागि व्यवसाय नेतृत्व नियूक्त गरेको छ, विक्की योल्मोले देशको कार्यसञ्चालन नेतृत्व सम्हालने
— फूड, डेरि, रिटेल तथा एग्री कमोडिटिमा ११ वर्ष भन्दा बढि अनुभवका साथ, विक्कीको व्यवसाय व्यवस्थापन र विकास रणनीतिले ओयो नेपाललाई आर्थिक वर्ष २०१९ मा १० हजार कोठाहरु पु¥याउन मद्दत गर्नेछ
— विश्वव्यापी रुपमा ओयोले ८० देशका ८०० शहरहरुमा १ मिलियन कोठाहरु पु¥याएर विश्वकै तेस्रो–ठुलो होटल चेन बन्न सफल भएको छ

काठमाडौं । ओयो होटल एण्ड होमस्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठुलो, विश्वकै तेस्रो ठुलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल, घरहरु र आवासले नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ ।

नेपालमा आतिथ्य श्रृंखलाहरु विस्तार भइरहेका छन्, यसबीच विक्की सम्पूर्ण होटल संचालकहरुसँग सम्बन्ध प्रगाण बनाउन, नेपालमा रहेका ओयो कर्मचारीहरुबीच गहिरो संलग्नता कायम गर्न, यात्रुहरुलाई उच्च गुणस्तरीय सेवा तथा विश्वाशिलो अनुभव प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल) लाई मध्यनजर गर्दै नेपाललाई चौतर्फी दृष्टिकोणबाट महत्वपूर्ण रणनीतिक बजार विस्तार गर्न केन्द्रित रहनेछन् ।

योल्मो ११ वर्ष भन्दा बढि एक अनुभवी स्ट्याटिजिक बिज्नेस म्यानेजमेन्ट स्पेश्यालिस्ट हुन् । उनीले आईआईटी दिल्लीबाट स्नातक गरेका छन् भने एमबीए आईआईएम कलकत्ताबाट गरेका हुन् । उनले फूड, डेरी, एफएमसीजी, रिटेल र एग्री कमोडिटिस्मा उत्कृष्ट काम गरेका छन् र उनको रणनीतिक विकासको दक्षताले दिगो व्यवसाय वृद्धि सूनिश्चित गर्दछ जुन ओयोको अनुपम बिज्नेस मोडल र योजनाहरुका लागि महत्वपूर्ण आयाम हो । विक्की विगतका कार्यकालमा देवयानी फूड इन्डस्ट्री लिमिटेड (क्रिमबेल डेरी), भिआरएस फुड लिमिटेड (पारस डेरी), ओलाम इन्टरनेशनल लिमिटेड, बाटा इन्डिया लिमिटेड (रिटेल अपरेशन म्यानेजमेन्ट–फुटवेयर) तथा रिलायन्स रिटेल (प्राइभेट लेबल फूड–स्टेपल श्रेणी) मा कार्यरत थिए ।

गो–टु–मार्केट र ग्रोथ ह्याकिङ स्ट्याटिजिको राम्रो ज्ञान भएका विक्कीले नेपालमा ओयोको पदचिन्ह फैलाउदै एकसाथ होटल उद्योगमा सयौं थप आर्थिक अवसरहरु सृजना गर्न मद्दत गर्नेछन् ।
ओयो होटल एण्ड होमस्का भारत तथा दक्षिण एशियाका सीइओ आदित्य घोषले नियुक्ति सम्बन्धी कुरा गर्दै भन्नुभयो, “म ओयो परिवारमा विक्की योल्मोलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छु । दक्षिण एशियाकै मुख्य बजार नेपालमा ओयोलाई विस्तार गर्न विक्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । हामीसँग नेपालका लागि आक्रमक विस्तार योजनाहरु छन् र हामी अतिथिहरुका लागि उच्च गुणस्तरीय आवास र होटल संचालकहरुलाई उच्च प्रतिफल प्रदान गर्न प्रविधि र प्रतिभामा लगानी गरेर आतिथ्य परिदृश्यलाई रुपान्तरण गर्दै आएका छौं । विक्कीको जोश–जागर तथा संरचित वातावरणको गहन ज्ञान र बलियो व्यवसाय दृष्टिले अत्यन्तै सूलभ मूल्यमा आकर्षक अतिथ्यि अनुभव प्रदान गर्ने हाम्रो लक्ष्यमा अगाडि बड्न मद्दत पुग्नेछ । म उसलाई आगामी दिनहरुका लागि शुभकामना प्रदान गर्न चाहान्छु ।”
ओयोको टोलीमा सामिल भएका ओयो नेपालका कन्ट्री हेड विक्की योल्मोले भन्नुभयो, “ओयोले आफ्नो नविनतम बिज्नेस मोडलबाट भारत लगायत विश्व आतिथ्य उद्योगमा नयाँ इतिहास रचेको छ । म ओयोमा असाधारण प्रतिभा भएका जोशीला टोलीका साथ नेपालमा ठुलो भूमिका निर्वाह गर्दै ब्राण्डको उपस्थीतिलाई बलियो बनाउने आशा राखेको छु । ओयोले अतिथि र होटल संचालकहरुको अतिथि अनुभवलाई परिभाषित गरेको छ र म यस वृद्धिको रोचक यात्राको हिस्सा बन्न पाउँदा अत्यन्तै खुसी छु र हामी ओयोलाई नेपालमा उत्यन्तै रुचाईएको आतिथ्य ब्राण्ड बनाउन निरन्तर लागि रहेका छौं ।”
नेपालको ओयो चेनमा ३३० भन्दा बढि फ्रयानचाईज होटल र ५५०० भन्दा बढि कोठाहरु रहेका छन् । बलियो स्थानीय प्रतिभा र कार्यन्वयनका साथ कम्पनीले निरन्तर आफ्नो पदचिन्ह देशभर फैलाइरहेको छ र नेपालको आतिथ्य उद्योगलाई अनमोल बनाउन प्रतिबद्ध रहेको छ ।