पारिवारिक भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता

maitrinews

काठमाडौं । पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनु भएको छ । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई जानु भएको थियो ।
सीता प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी रोगबाट पीडित हुनुहुन्छ ।
प्रचण्डको प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाले सीताको स्वास्थ्य सामान्य रहेको बताउनुभयो ।
दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुभएको थियो ।