विद्धान र विवेकी व्यक्तिमा भएको अन्तर

maitrinews

विद्धान र विवेकी व्यक्तिमा निकै अन्तर हुन्छ । ज्ञानका कुरा जम्मा गरेर, शास्त्रका कण्ठ गरेर मानिस विद्धान बन्न सक्छ । तर विवेकशील व्यक्तिलाई सैद्धान्तिक ज्ञानको कुनै मतलव हुँदैन । उ व्ययहारिक हुन्छ । उसले पानीको तत्व जान्न तिर लाग्दैन, पानी पिएर प्यास बुझाउन तिर लाग्दछ । त्यस्तै पाक शास्त्र कण्ठ गरेर भोक मेटिँदैन, त्यसको लागि खाना नै चाहिन्छ भन्ने कुरा बुभ्ने व्यक्ति विवकशील हुन्छ, तर त्यसको विधि मात्र जान्न खोज्ने व्यक्ति विद्धान हुन्छ । विद्धान व्यक्ति कुरामा सिमित हुन्छ छर विवेकी व्यक्तिले काम गरेर देखाउँछ ।
शास्त्रका कुरा कण्ठ गरेर ज्ञान बटुल्न लागेका एक विद्धान व्यक्ति चाहार्दा चाहार्दै एक तपश्वीमा पुगेछन् । त्यहाँ गएर उनले अनेक जिज्ञासा प्रकट गरे । उनका सवै उत्तर ती गुरुले दिनुभयो । नयाँ कुरा र तर्क आउने बितिकै ती जिज्ञासुले कागजमा टिपेर लगिहाल्थे । यो देखेर ती माहात्माले सोध्नुभयो, तिमीले के कती पढेका छौं? कति संगत गरेका छौं । तब,उनले आफूले पढेका सिकेका सवै विवरण सगौरभ प्रस्तुत गरे । यो देखेर ती व्यक्तिले पण्डीत बनेर आफ्नो जीवत व्यर्थ गर्न लागेकोमा दया जागेर आयो । ती पण्डितलाई आफूजस्तै ज्ञान दिलाईदिने अठोट गर्दै भन्नुभयो । तिमी भोलि आऊ, म तिमीलाई सच्चा ज्ञान दिलाईदिउला ।
भोलिपल्ट ज्ञानको खोजीमा आएका ती व्यक्तिलाई तपश्वीले भन्नुभयो, लौ हिड घुम्न जाउँ, म तिमीलाई सच्चा ज्ञान दिलाईदिन्छु । गर्मीमा २–३ घण्टा हिडिसकेपछि दुवै जना थाके । ती व्यक्ति त झन् भोक प्यासले आकुल व्याकुल भए । तव ती माहात्माले भन्नुभयो, तिमीलाई साहै नै भोग र प्यास लागेजस्तो छ , तिमी यो पाक शास्त्रको पुस्तक पढ , र आफ्नो भोक शान्त गर । आश्चर्य मान्दै ती पण्डितले भने, होइन तपाईँले यो के गर्न खोज्नुभएको ? पाक शास्त्रको पुस्तक पढेर कहाँ मेरो भोक हट्छ र ? यहाँ त केवल खानाका अनेक विवरण मात्र छन् । यो विवरणले मेरो भोक कसरी शान्त हुन्छ ? मलाई त रुखासुखा भएपनि केही खानेकुरा चाहियो । तव माहात्माले हाँस्दै भन्नुभयो, यही पुस्तकको सुरुमै पानीको सूत्र पनि लेखिएको छ , त्यो पनि पढ, कण्ठ गर, अनी आफ्नो प्यास मेटाउँ । ती व्यत्तित्रले भने , तपाईँले यो के भन्नुभएको ? पानीका. सूत्र कण्ठ गरेर, पाक शास्त्र पढेर कहाँ मेरो,भोक प्यास मेटिन्छ र ? मलाई तपाईँले मे गर्न लाग्नुभएको ?
त्यसपछि झोलाबाट एक बोटल पानी र दुइटा रोटी निकाल्दै ती माहात्माले भन्नुभयो, हे सज्जन तिमी यो पुस्तक लिऊ, म त पानी र राटीले आफ्नो भोक प्यास मेट्छु । तव ती पण्डीतले भोकले रन्थनिएर ती पाक शास्त्रको पुस्तक च्यातेर फ्याँकिदिए । अनी रोटी खोस्न तिर लागे । माहात्माले झोलाबाट अर्को एकबोटल पानी र दुईवटा राटी दिएर भन्नुभयो, ल हेर, मैलै तिमीलाई सच्चा ज्ञान दिन्छु भनेको थिए , त्यो यही नै हो । पाक शास्त्रको जतिसुकै ठूलो ठेली पनि भोक लागेको बेलामा रोटीको सामू बेकम्मा हुन्छन् । जसरी तिमी दुई वटा रोटी र दुई घुट्को पानीको लागि छट्पटियो, । जसरी तिमीले पाक शास्त्रका अनेक वर्णन र पानीको तत्व भएको पुस्तकै फालेर रोटी र पानी पाउनका लागि झम्टियो, त्यसैगरि परमात्माको अनूभुतिका लागि पनि तिम्रा यी कोरा ज्ञानका सिद्धान्तका पुस्तक र सूत्रहरुले काम दिँदैन ।
त्यसपछि ती व्यक्ति पण्डित बन्न छोडेर विवेकशील बन्न पुगे । हामीले सिद्धान्तका कुरा मात्र नगरेर , जव आफ्नो व्यवहारमा ज्ञानका कुराहरु उतार्न कोशिस गर्छौं , तव मात्र ती ज्ञानले सार्थकता पाउँछ । र हाम्रो जीवनलाई सफल बनाउँछ ।