मान्छेलाई अन्धाधुन्ध गोली चलाउन केले उकास्छ ?

maitrinews

 

अमेरिका । अमेरिकाको एल(पासो सहरस्थित वालमार्टमा आइतबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु र २६ जना घाइते भए। यसको १३ घन्टा नबित्दै ओहायो राज्यको डेटोनमा दोस्रो बन्दुक आक्रमण भयो, जसमा नौ जना मारिए, १६ जना घाइते भए।

चार दिनअघि मात्र मिसिसिपी राज्यस्थित साउथ हेभन सहरको वालमार्टमा चलेको गोलीबाट दुई जना कर्मचारीको ज्यान गएको थियो।

गत साता पनि क्यालिफोर्निया राज्यको गिलरोय सहरमा एक आक्रमणकारीले गोली चलाउँदा ६ वर्षीया बालिकासहित ३ जनाको मृत्यु भयो, ६ जना घाइते भए।

पछिल्लो दुई सातामा भएका यी तीन गोलीकाण्डपछि सोमबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– ुसामूहिक हत्याको क्रम सुरू हुनुअघि नै अन्त्य गरौं।ु

उनले यस्ता घटनामा थुप्रै कारण औंल्याए, जसमा हिंसात्मक भिडिओ गेम प्रमुख छन्। मानसिक सन्तुलन बिग्रेका ुहिंस्रकुहरूले एकैचोटि धेरैको ज्यान लिन सार्वजनिक ठाउँमा अन्धाधुन्ध गोली चलाउने गरेको उनको भनाइ थियो।

ट्रम्पले जे कारण भनेका छन्, ती नौला होइनन्। दशकौंदेखि वैज्ञानिकहरूले यसबारे अध्ययन–अनुसन्धान गर्दै आएका छन्। तिनै अध्ययनका आधारमा सामूहिक हिंसा(हत्याका अनुमानित कारणको यहाँ जवाफ दिने प्रयास गरिएको छः

के एउटा सामूहिक हत्या–हिंसा–गोलीकाण्डले अर्को त्यस्तै घटना उत्प्रेरित गर्छरु

गर्छ। प्रहरीहरूले यसको प्रमाण भेट्टाएका छन्। कुनै व्यक्तिले गोली चलाउनुअघि पहिले भएका त्यस्तै घटनाबारे जानकारी लिएको, अध्ययन गरेको र प्रायः हिंसाको शैली पनि सिको गरेको पाइएको छ।

उदाहरणका लागि, युवाहरूले स्कुल वा सार्वजनिक ठाउँमा गोली प्रहार गरेका छन् भने पाका उमेरकाले कुनै विचारधारा ९आप्रवासी मुद्दा वा इश्लाम धर्म वा अरू विश्वास० का नाममा निर्दोषमाथि हमला गरेका छन्।

सन् २०१२ मा स्यान्डी हुक प्राथमिक स्कुलमा २० वर्षे युवकले आक्रमण गर्दा छदेखि सात वर्षका २० जना नानीबाबुसहित २६ जनाको मृत्यु भएको थियो। स्कुलमा गोली हान्नुअघि ती युवकले आफ्नी आमाको हत्या गरेका थिए। अन्तिममा आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरे।

ती युवकले कसरी यस्तो हर्कत गरे भन्ने अध्ययन गर्दा उनले यसअघिका गोलीकाण्डबारे भरपुर जानकारी लिएको पाइएको थियो। खासगरी उनले ओर्ल्यान्डोको ुपल्सु नाइटक्लबमा भएको घटनाबारे जानकारी बटुलेका थिए, जसमा ५० जनाको ज्यान गएको थियो। त्यो घटनाका दोषीले पनि त्यसअघिका अन्य घटना राम्ररी अध्ययन गरेको पाइएको थियो।

यसपालि एल(पासोका हमलाकारीले एक सातासम्म केही महिनाअघि न्यूजिल्यान्डको चर्चमा भएको आक्रमणको भिडिओ हेरिरहेको पत्ता लागेको छ।

फरेन्सिक मनोवैज्ञानिकहरूका अनुसार सामूहिक हिंसामा संलग्न व्यक्तिहरूको मानसिक अवस्था उस्तैउस्तै देखिएको छ। पहिले हत्यामा संलग्नहरूलाई उनीहरू उत्प्रेरणाका रूपमा लिन्छन्। ती आक्रमणकारी उनीहरूका लागि ुआइडलु का रूपमा देखिन्छन्।

के हिंस्रक भिडिओ गेमहरू सामूहिक गोलीकाण्ड निम्ति जिम्मेवार छन्रु

यसबारे वैज्ञानिकहरूको मिश्रित धारणा छ। एक अनुसन्धानअनुसार हिंस्रक भिडिओ गेमले मान्छेको रिस बढाउँछ। तर गोलीकाण्डमा यसको प्रभाव कम पाइएको छ। रिसकै कारण मान्छेले हिंसात्मक बाटो रोज्न सक्दैन भन्ने उक्त अध्ययनको निष्कर्ष हो।

सोफामा बसेर भिडिओ गेम खेल्दै स्क्रिनमा मान्छे मार्नेहरू त संसारमा हजारौं छन्। वास्तवमै मान्छे मार्नेहरू भने थोरैले मात्र यस्ता गेम खेल्ने गरेको पाइएको छ। यस्ता भिडिओ गेम एसियाली मुलुकमा बढी खेलिन्छ, जहाँ सामूहिक गोलीकाण्ड अमेरिकाको तुलनामा कम हुन्छ।

मानसिक रोग र सामूहिक गोलीकाण्डबीच कत्तिको बलियो सम्बन्ध छरु

हामीलाई मानसिक रोगीहरूले मात्र यस्तो हिंसा गर्न सक्छ भन्ने लागे पनि वास्तवमा यो सही होइन। मानसिक रोग र सामूहिक हिंसाबीचको सम्बन्ध एकदमै कमजोर हुन्छ। कुनै पनि गोलीकाण्डपछि ुत्यो पागल केटोले २० जनामाथि गोली चलायोु भन्ने प्रतिक्रिया सुनिन्छ। यहाँ उसको व्यवहारका आधारमा ुपागलु भनिएको हो, जबकि गोली हान्ने व्यक्ति वास्तवमै पागल नहुन सक्छ।

वैज्ञानिकहरूका अनुसार हिंसात्मक घटनामा संलग्नमध्ये मानसिक सन्तुलन ठीक नभएका व्यक्ति थोरै मात्र छन्। जस्तै( ुप्यारानोइड सिजियोफ्रेनियाु भएको मान्छेले के सही, के गलत वा भ्रम र यथार्थ छुट्ट्याउन सक्दैन। उसले भए–नभएका दृश्य र आवाज महशुस गर्छ र हुँदै नभएको डरदेखि तर्सिन्छ। यस्तो अवस्था भएका व्यक्तिहरू हिंसामा पीडकभन्दा पीडित हुने सम्भावना बढी हुन्छ। तर, यिनले लागुपदार्थ वा रक्सी सेवन गरेका भए, हिंसात्मक व्यवहार देखाउन सक्छन्।

यसको प्रस्ट उदाहरण हो, ज्यारेड ल्हेनरको घटना। कलेज पढ्दै गरेका ज्यारेडले टुसानको एक कार्यक्रममा गोली चलाए। छ जनाको मृत्यु भयो भने १३ जना घाइते भए। उनी लागुपदार्थ दुर्व्यसनी थिए र भ्रामक दृश्यहरूको जालमा परेका थिए।

फरेन्सिक वैज्ञानिक डा‍। माइकल स्टोन पाँच जना हत्यारामध्ये एक जनामा मानसिक समस्या भएको प्रमाण भेटिएको बताउँछन्। उनले सय वर्षयताका ३५० जना हत्याराको तथ्यांक संकलन गरी अध्ययन गरेका थिए, जसमध्ये ८० प्रतिशतमा रिस, एक्लोपन, डिप्रेसन, चिन्ता, आरिस लगायत समस्या थियो। यी समस्याले चरम रूप लिएपछि उनीहरू हिंसात्मक घटनामा संलग्न भएको हुनसक्ने डा। माइकल बताउँछन्।

अमेरिकामा बढ्दो बन्दुक आक्रमणको समाधान के होलारु

हरेक वर्ष संसारभरमा पाँच लाख मान्छे बन्दुककै कारण मर्छन्। विकसित देशमध्ये अमेरिकामा यसको असर सबभन्दा धेरै छ। यहाँ करिब ३५ करोड हाराहारी बन्दुक सर्वसाधारणसँग भएको अनुमान छ। सर्वसुलभ बन्दुककै कारण नरसंहार गर्ने दर पनि अन्य विकसित देशका तुलनामा अमेरिकामा उच्च छ।

ुहरेक दिन यहाँ सय जना मान्छे बन्दुककै कारण मरिरहेका हुन्छन्,ु नर्थ क्यारोलिनाको ड्यूक युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक जेफ्री स्वानसन भन्छन्, ुबन्दुक हटाइयो भने धेरैभन्दा धेरै मान्छेको जीवन बच्नेछ।ु जेफ्री मनोविज्ञान र व्यवहारिक विज्ञानका प्राध्यापक हुन्।

आत्महत्यामा पनि बन्दुककै भूमिका धेरै छ। अमेरिकामा २०१२ देखि २०१६ सम्म भएका पौने दुई लाख आत्महत्यामा ६० प्रतिशतमा बन्दुक प्रयोग भएको थियो। सन् २०१५ मा ४४ हजार अमेरिकीले आत्महत्या गरेका थिए, जसमा आधाले बन्दुक प्रयोग गरेका थिए ।

बन्दुकबाट गरिने आत्महत्या प्रयासमा मृत्यु हुने सम्भावना ८० प्रतिशत हुन्छ। अनुसन्धानका अनुसार एकपटक आत्महत्या प्रयासबाट बाँचेको व्यक्तिले फेरि त्यस्तो प्रयास नगर्ने देखिएको छ। त्यसैले बन्दुक प्रयोग गरी आत्महत्या प्रयास गर्ने धेरैले यो मौकै पाउँदैनन्।

उसो भए सर्वसाधारणको घरमा बन्दुक प्रतिबन्ध गरिदियो भने के होलारु

बन्दुक हाम्रो समाजबाट यसै हराउन त सम्भव छैन। कम भए गोलीकाण्डहरू घट्न सक्छन्। अस्ट्रेलिया यसको राम्रो उदाहरण हो, जहाँ बन्दुक संख्या कम भएपछि हत्या र आत्महत्या घटेको छ।

अस्ट्रेलियामा सन् १९९६ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ३५ जनाको मृत्यु र २३ जना घाइते भएका थिए। यो घटनापछि सर्वसाधारणका लागि बन्दुक प्रतिबन्ध गरियो। सरकारले बजारबाट यस्ता बन्दुक किनेर नष्ट गर्यो। सर्वसाधारणको हातमा रहेको बन्दुक संख्या ३० प्रतिशत घट्यो। यो प्रयासले पछिल्ला २३ वर्षमा बन्दुकबाट हुने हत्या–आत्महत्या ५० प्रतिशत कम भएको सिड्नी स्कुल अफ पब्लिक हेल्थका सह–प्राध्यापक फिलिप आल्पर्सले बताएका छन्।

अमेरिकीहरू भने हत्याराले बन्दुक नभए अरू विकल्प खोज्छ भन्छन्। अस्ट्रेलियामा भने त्यस्तो पाइएन। बन्दुकबाट हुने आत्महत्या र हत्या स्वात्तै घट्यो, यसको विकल्पमा अन्य तरिका प्रयोग गरेको पाइएन।

ुयसबाट पुष्टि हुन्छ, हत्याराहरूद्वारा आफूले सोचेभन्दा अर्को हतियार खोजी–खोजी मर्ने र मार्ने सम्भावना कम हुन्छ,ु सह–प्राध्यापक फिलिप भन्छन्।

घरेलु हिंसामा संलग्नहरूको उदाहरण हेरौं। कुनै घरमा बन्दुक छ र श्रीमान रिसाहा प्रवृत्तिको भए श्रीमतीलाई गोली हानी हत्या गर्ने सम्भावना पाँच गुणा बढी हुन्छ। बन्दुक नभए श्रीमानको रिस केही सरसामानमा पोखिन्छ। कुटपिट र अरू सामानको झटारोमा जान सक्छ। बन्दुकले जस्तो एक झट्कामै ज्यान लिने सम्भावना हुँदैन।

कुनै(कुनै अध्ययनले त बन्दुकसामु परेपछि पुरुषहरू धेरै आक्रमक र हिंस्रक हुने देखाएको छ। यसमा सबैको सहमति भने छैन।