बालुवाटारस्थित सुविसुको कार्यालयमा भीषण आगलागी

maitrinews

 

काठमाडौँ । राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ। चिनियाँ राजदूतावसको अगाडि तर्फ इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको उक्त भवनमा आगलागी भएको हो। आगलागी मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो ।

आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल प्रयोग गरिएको थियो ।