बीआरआई कार्यान्वयनमा जोड

maitrinews

 

काठमाडौं । ‘बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० चीन सरकारले प्रस्तुत गरेको अत्यन्त महत्वाकांक्षी विकास रणनीति हो । सन् २०१३ को सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गर्नुभयो । नेपालले सन २०१७ मा हस्ताक्षर गरयो । नेपालले हस्ताक्षर गरेको पनि दुईबर्ष पुरा भइसक्यो । तर अहिले पनि यो कार्यान्वयनमा जान सकिरहेको छैन । बीआरआई सम्भवत नेपालमा सबैभन्दा बढी छलफल भएको बिषय हो । यसबारे चीन र नेपालमा दर्जनौ कार्यक्रम भएका छन् । सरकारी स्तरमा मात्रै नभएर निजी स्तरमापनि छलफल भइरहेका छन् । तरपनि बीआरआई अन्र्तगत के भयो भन्ने तहमा काम भने हुन सकिरहेको छैन । आजसम्म कुन कुन परियोजना बीआरआई अन्र्तगत निर्माण हुँदैछन् भन्ने टुंगो लाग्न सकेको अवस्था छैन ।

पछिल्लो समय दमक औधोगिक क्षेत्र बीआरआईले बनाउने भन्ने समाचार आयो । तर भर्खरै सम्पन्न नेपाल लगानी बोर्डको बैठकले चीनको एउटा कम्पनीलाई डीपिआरको सहमति दियो । यो सकारात्मक विकास हो तर के यो बीआरआई अन्र्तगत हो रु वा बेग्लै भन्ने प्रष्टता आएन् । बीआरआई कार्यान्वयनमा भएको ढिलाई गर्दा काठमाडौं र बेइजिङ्गमा कसरी यो परियोजना अघि बढ्छ भन्ने अन्यौल बढ्दै गएको देखिन्छ । त्यसैले ततकाल नेपालले यसमा ठोस गृहकार्य अघि बढाएर परियोजना कार्यान्वयनमा लैजान आवश्यक छ ।

यही अन्यौलताका कारण आइपीएस इन्डो प्यासिफिक रणनीतिबारे समेत गलत प्रचार गरिएको छ । नेपाल आइपीएसको अंग होइन, हुनुहुदैन भन्ने तथ्य प्रष्ट छ । तर त्यसलाई तोडमोड गरी जबरर्जस्ती आईपीएसको सदस्य भएको प्रचार अमेरिकाहरुले गरिरहेका छन् । जसको पक्षमा देशभित्र समेत धारणा आइरहेको छ । बीआरआई नेपालको विकासको लागि महत्वपुर्ण छ, यसमा शंका छैन तर यस्तो महत्वपुर्ण कार्यक्रमलाई अपेक्षित गतिमा अघि बढाउन नसक्दा नेपालको विकासमात्र होइन, द्धिपक्षिय सम्वन्ध समेत प्रभावित हुने खतरा छ । अब बीआरआईमा छलफल कम कार्यान्वयनमा बढी जोड दिनुपर्ने देखिन्छ । यसमा सरकारले ततकाल पहल थाल्नुपर्दछ ।