कर्मचारीको सामूहिक राजीनामा स्वीकृत हुने

maitrinews

 

काठमाडौँ । निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले त्यसलाई स्वीकृत गर्नुपर्ने प्रावधान राख्न सांसदहरू सहमत भएका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धी विधेयकमाथि राज्यव्यवस्था तथा सुशासन समितिमा जारी छलफलमा अधिकांश सांसदले घुर्की वा कुनै बहानामा सामूहिक राजीनामा दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।