प्रधानमन्त्री ओली भोलिमात्र स्वदेश फर्कने

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज स्वदेश फर्किने भनिएको कार्यतालिका एकदिन पछि सरेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत बिवरण नआएपछि आज स्वदेश फर्कने कार्यक्रम स्थगीत भएको हो ।

प्रधानमन्त्री ओली भोलि सोमवार दिउसो थाइ एअरको नियमित उडानमार्फत अपरान्ह १२ः३० मा काठमाडौं आइपुग्नुहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो ।