विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

maitrinews

 

काठमाडौँ । सोमबार बिहान झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ। नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बम विस्फोट भएको हो।

प्रहरीका अनुसार विस्फोट बिहान साढे चार बजेको आसपासमा भएको हो। विस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको प्रहरी नायब उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । घटना कस्ले गरायो भन्ने बारे प्रहरीले छानविन गरिरहेको छ । विष्फोट नेत्रविक्रम चन्द समुहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।