नेकपा सचिवालय वैठक फेरि स्थगित

maitrinews

 

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ ।

पार्टी एकतालाई पुर्णता दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले लगातार गर्नुभएको परामर्श र गृहकार्य निश्कर्षमा पुग्न नसकेपछि आजका लागि बोलाइएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

नेकपाले मंगलवार बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै आज दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर आजको सचिवालय बैठक पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।