कश्मीर विवादबारे संयुक्त राष्ट्र सङ्घमा बैठक

maitrinews

 

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्‌मा शुक्रवार भारत प्रशासित कश्मीरमा अनुच्छेद ३७० हटाएकोबारे अनौपचारिक बैठक भएको छ। यो अनौपचारिक बैठक पाकिस्तानले लेखेको पत्रपछि आयोजना गरिएको थियो।

बैठक बन्द कोठामा भएको थियो। तर बैठक सम्पन्न भएपछि संयुक्त राष्ट्र सङ्घमा भारत, चीन र पाकिस्तानका राजदूतले पत्रकारहरूसँग कुराकानी गरेका थिए।

संयुक्त राष्ट्र सङ्घका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले अनुच्छेद ३७० को मुद्दा आन्तरिक भएको र यसमा बाहिरी मान्छेको कुनै लेनादेना नभएको बताए।

उनले भारत सरकारको हालैको फैसला त्यहाँको आर्थिक र सामाजिक विकासका लागि भएको बताए।

उनले भने जम्मू(कश्मीरमा स्थिति सामान्य बनाउन केही फैसला लिइएको बताए।

अकबरुद्दीनले पाकिस्तानप्रति सङ्केत गर्दै भने, ूएउटा देशले जिहाद र हिंसाको कुरा गरिरहेको छ तर हिंसाले कुनै पनि समस्याको समाधान गर्न सक्दैन।