काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिजो डिउटीमा रहेका प्रहरी अधिकृतमाथी पारस शाहले हातपात गरे । सामान्य अवस्थामा रहेका प्रहरी अधिकृतमाथी हातपात गरेर उनले आफनो पुरानो हरकद देखाएका छन् । एकजना कर्मचारी जो आफनो कर्तव्य गरिरहेको बेला उनीबाट दुव्यवहारको शिकार बने । यो घटना हेर्दा र सुन्दा सामान्य लागेपनि यसलाई सानो रुपमा भने लिन हुदैन । अहिले एकथरी मानिसहरु राजनीतिक दलहरुलाई बदनाम गराउन लागिपरेका छन् र राजतन्त्र पुनस्थिापित गर्नुपर्छ भन्ने गतिविधि चलाइरहेका बेला अर्को उदण्ड गतिविधि विमानस्थलमा देखिएको छ । नेपालमा अहिले कानुनी शासन छ । यो कुनै राजतन्त्र र वंशवादी शासन व्यवस्था हैन । राजतन्त्रलाई जनताले उहिल्यै फालिसकेका छन् । स्वयम ज्ञानेन्द्रले समेत स्वीकार गरेर उनी बाहिरिएका हुन् । यस्तो अवस्थामा मरिसकेको राजतन्त्र पुन आउछ भन्ने प्रयास आफैमा असम्भव हो । त्यसमा पनि ज्ञानेन्द्रले सामान्य सिष्ट्रता पनि बचाउन नसक्ने पारसका कारणले मानिसहरुको उनिप्रतिको वितुष्णा प्रष्टै छ । यत्रो राजतन्त्र समाप्त भइसकेपछि पनि राजतन्त्र फर्किन्छ, फर्काउछु भन्ने सपना देख्नु दिवा सपना मात्रै हो । तर पारसको प्रहरी अधिकारीमाथिको दुव्यवहारका सम्वन्धनमा दुईदिन भइसक्दा पनि राज्यले उनलाइ कुनै कारबाही नगर्नु त्यो आश्चर्यको बिषय हो ।

ततकाल सरकारले डियुटीमा रहेको प्रहरी अधिकारीमाथी दुव्यवहारको आरोपमा पारस शाहमाथि कानुनी कारबाही अघि बढाउनुपर्छ । त्यहाँ भएको घटनाको यथार्थ के हो ? त्यो पनि छानविन हुनुपर्छ । पारस शाहले यो देशको नागरिकका रुपमा यहाँका नियम कानुनभित्र रहेर आफनो अधिकारको उपयोग गर्न सक्छन तर कानुन हातमा लिएर डियुटीमा रहेको सुरक्षा प्रहरीमाथी मुक्का हान्ने र दुव्यवहारगर्ने अधिकार उनलाई छैन । पारस र ज्ञानेन्द्रले बुझनुपर्छ यो शाह बंश हैन र शाहवंशको युगपनि हैन । यो जनताद्धारा निर्वाचित संस्था हो ।

दशकौको संघर्षपुर्ण इतिहास पछाडी जनताले चुनेर पठाएको सरकार हो । नेपाल पहिलो पटक राजनीतिक संक्रमणपार गरेर राजनीतिक स्थायित्वको दिशामा छ । व्यवस्थाका नाममा कुनैपनि आन्दोलन अहिले गर्नुपर्ने अबस्था छैन । अहिले नेपालले उत्कृष्ट व्यवस्था कायम गरेको छ । त्यो भनेको लोकतान्त्रिक गणतन्त्र हो । नेपालका वर्तमान सवै राजनीतिक दलको साझा प्रयास र आन्दोलन पछाडी सामन्तवादी राजसंस्था फालेर यो व्यवस्था ल्याइएको हो । जनताको शतप्रतिशत निष्ठा र संविधानसभाका नब्बे प्रतिशत सांसदको हस्ताक्षरपछि लोकतान्त्रिक गणतन्त्र व्यवस्थीत गर्न संविधान जारी भएको हो । नेपालको वर्तमान संविधानलाई विश्वले उत्कृष्ट संविधानको रुपमा लिएको छ ।

एउटा परम्परागत सामन्ती संरचनाबाट प्रगतिशिल र समाजवाद तर्फको रुपान्तरण आरम्भमा सहज हुँदैन । दुनियाँको इतिहासमा आज विकशित देशहरुले पनि यस्तै संक्रमणपार गरेर आएका हुन् । नेपालले अहिले राजनीतिक स्थायित्व कायम गदै आर्थिक विकास र सम्बृद्धि तर्फ अघि बढ्दा पुरातनवादी सोच र सामन्तीवादी संरचनाहरुले बिभिन्न समयमा बिभिन्न रुपमा अवरोध श्रृजना गर्ने प्रयास गरेका छन् । तर ती प्रयासलाई जनताले असफल प्रमाणीत गरिदिएका छन् । अहिले नागरिकहरुद्धारा स्थापित केपी ओली नेतृत्वको नेकपा सरकारले नेपालको विकास र समृद्धिका निम्ती दिर्घकालिन सोच सहित कार्यक्रम अघि बढाएको छ । यो सरकारले पाँचबर्षको पुर्ण कार्यकाल सम्पन्न गरेको अवस्थामा नेपाल विकासमा अघि बढ्ने र समृद्धी स्थापित हुने त्रास पुरातन शक्ति र विपक्षि राजनीतिक दलहरुलाई  छ । अहिले ओली नेतृत्वको सरकारले विकास गरेर जनतालाई सन्तुष्ट पारेर एकताका साथ अघि बढ्दा देशमा अस्थिरता सृजनागरि निहित स्वार्थ पुरागर्ने सोचमा रहेका त्यस्ता शक्तिहरु यतिबेला तिलमिलाएका छन् ।

बदनाम राजतन्त्र त्यसको पनि सबैभन्दा खराब रुप पारस र ज्ञानेन्द्रका पक्षमा अन्धभक्त भएर लाग्नेहरुले बुझे हुन्छ । मरिसकेको राजतन्त्र कुनैपनि रुपमा कहिल्यै पनि पुर्नस्थापित हुदैन, हुनसक्दैन । प्रधानमन्त्री ओलीले हिजो संसदमा भने जस्तै चिहानको हडडी फुकेर कुनै संस्था फर्किदैन । ज्ञानेन्द्र र पारसहरुले देशकोे वर्तमान सरकारले देखाएको सदासयतालाई कमजोरी ठान्ने भूल नगरुन । ज्ञानेन्द्र र पारसको हैसियत अहिले सामान्य आम नागरिक सरहको मात्रै हो तर पनि उनका वरिपरि राज्यका सुरक्षाकर्मीहरु जे जसरी उनलाई सुरक्षा दिइरहेका छन त्यो राज्यको उदार चरित्रको नमुना हो । यदि सम्वेदनशील क्षेत्रमा सुरक्षामा रहेका सुरक्षाकर्मी अधिकृतमाथी विनाकारण दुब्यवहार र मुक्का हान्ने काम हुन्छ भने त्यो सरकारले सहनु हुदैन । ततकाल पारसले आफुबाट गल्ति भएको महसुस गदै सार्वजनिक क्षमायाचना गर्नुपर्दछ । गदैनन भने राज्यले यिनलाई कानुनी कारबाही अगाडी बढाउनु पर्दछ ।