डेङ्गी सङ्क्रमण : काठमाडौँ उपत्यका र अन्य जिल्ला पनि उच्च जोखिममा

maitrinews

 

काठमाडौँ । लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्।

तर यो विवरण राजधानीका केही अस्पतालहरूबाट सङ्कलित सूचनामा मात्र आधारित भएकाले त्यो सङ्ख्या झन् बढी हुन सक्ने अनुमान गरिएको छ।

विषेशतः उष्ण क्षेत्रमा देखा पर्ने उक्त रोग केही समययता जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमानका कारण काठमाण्डू उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा देखा परेको सरकारी अधिकारीहरू बताउँछन्।