एक महिनामै बिग्रिएका गाडीबारे छानबिन

maitrinews

 

काठमार्डौं । संसदीय समितिका सभापतिहरुले चढ्नका लागि किनेको गाडी प्रयोगमा आएको एक महिनामै बिग्रिएपछि छानबिनका लागि गठन भएको समितिले काम थालेको छ।

राष्ट्रियसभाको प्रत्यायोजित विधायन व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्वमामा साउन २७ गते सभामुख कृष्णबहादुर महराले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले सोमबारदेखि काम थालेको हो।

सोमबार बसेको समितिको पहिलो बैठकले संसद सचिवालयलाई खरिदसँग सम्बन्धित सम्पूर्ण कागजात आजै उपलब्ध गराउन निर्देशन दिएको संयोजक बिडारीले जानकारी दिनुभयो।

संसद सचिवालयले सभापतिहरुका लागि खरिद गरेको ११ वटा स्कोर्पियो प्रयोग गरेको एक महिनामै बिग्रन थालेपछि अनियमितता भएको आशंकामा सभामुख महराले १५ दिनभित्र प्रतिवेदन दिने गरी छानबिन गर्न समिति बनाएका थिए।