प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सम्वाद नभईरहेका बेला प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक बोलाउनुभएको हो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, संघीय समाजवादी र राजपा गरी चार दलका शिर्ष नेतालाई बोलाइएको छ । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन सर्वदलीय बैठक बोलाइएको हो ।