कश्मीर विवाद अन्तर्राष्ट्रिय अदालत गुहार्ने योजनामा पाकिस्तान

 

इस्लामावाद । पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आफ्नो योजना भएको बताएको छ।

भारत(प्रशासित जम्मू(कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो।

भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भङ्ग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो।

सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीरको स्वामित्वको विषयमा ती दुई देशबीच तनाव रहँदै आएको छ।

ूहामीले कश्मीरको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाने निर्णय गरेका छौँ,ू एआरवाई न्यूज टीभीसँग कुराकानी गर्दै पाकिस्तानका विदेशमन्त्री शाह मेहमूद कुरेशीले भने।

उनका अनुसार सबै कानुनी पक्षबारे विचार गरेपछि सो निर्णय लिइएको हो।