भारतीय विदेशमन्त्री जयशंकरव्दारा प्रमसँग भेटवार्ता

 

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । नेपाल भारत संयुक्त आयोजनाको पाँचौ बैठकमा सहभागी हुन काठमाडौं आउनुभएका जयशंकरले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गर्नुभएको हो। भारतको परराष्ट्र मन्त्री बनेपछि उहाँ पहिलो पटक नेपाल आएका आउनुभएको हो ।

विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटका लागि भोलि बिहान साढे १० बजेको समय तय भएको छ ।