कलंकीमा किशोरीमाथि सामूहिक बलात्कार

 

काठमाडौँ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(१४ कलंकीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले दैलेख घर भएकी ती किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा धादिङ गजुरी गाउँपालिका(१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय मदन थापामगरलाई पक्राउ गरेको हो।

कालिकाटी बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार कलंकीस्थित पशुपति गेस्टहाउसमा लगेर ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ। दुवैमाथि अनुसन्धान थालिएको उनले बताए।

यस्तै, तिनै किशोरीलाई बलात्कार गरेको अभियोगमा थानकोट प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ भने अर्का एक फरार छन्। प्रहरीले दुवैको नाम गोप्य राखेको छ।

एउटै किशोरीलाई दुई पटक सामूहिक बलात्कार भएको घटनाको सूक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।