विश्वकै सानी शिशुको जन्म

maitrinews

बेलायतमा विश्वकै सानी शिशु जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती शिशुको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो । १८ जुलाईका दिन जन्मिएकी ती शिशुको जन्मिँदाको वजन झन्डै ६२५ ग्राम थियो भने शरीरको लम्बाइ ११ इन्च थियो । मार्गरेटस्थित एक अस्पतालमा उनको जन्म भएको हो । शिशु अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । शिशुले भेन्टिलेटरको माध्यमबाट स्वास लिने र ट्युबबाट खाना खुवाउने गरिएको छ । अहिले शिशुको तौल ८२५ ग्राम जति भएको छ । २३ हप्तामै जन्मिएकी शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् ।