नेकपाले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

maitrinews

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। नेकपामा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीका अनुसार उपनिर्वाचनलाई दल दर्ताको निवेदन बिहीबार आयोगमा बुझाइएको छ।

‘नेकपाका तर्फबाट दल दर्ताको निवेदन आयोगमा प्रस्तुत गरिएको छ,’ ज्ञवालीले भन्नुभयो ।
बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

नेकपा दल दर्ताका लागि खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहाललगायतले आयोगमा निवेदन दिनुभएको थियो ।